Tuesday, March 27, 2018

बाग्लुङ कालिका म्युजिक कम्पनी ले डिजिटल प्रबिधि बाट ल्यायो दर्शक श्रोताहरुको लागि भारी सुबिधा हरु हेर्नुहोस।।

हरिहर जोसि काठमाडौ
27/03/2018

हिजो आज सांगेतिक बजारमा थुप्रै म्युजिक कम्पनी हरु छन कोहि कानुनी रूपमा छ्न त कोहि गैरकानुनी रुप मा छन बिगत ६/७ बर्ष देखी कानुनी रुपमा चल्दै आएको सबै दर्शक श्रोता मा मन मुटुमा बस्न सफल बाग्लुङ कालिका म्युजिक कम्पनी ले अब आफ्नो छुट्टै पहिचाण का साथ मैदान मा आउने प्रबन्धक दुर्गा कँडेल ले जानकारी दिनु भयो अहिले सम्म करिब एक दर्जन भन्दा बढी देश हरु बाट आफ्नै आवाज मा गीत रेकर्डिङ म्युजिक भिडियो गराउदै आएको उक्त कम्पनी ले अब कोरिया र जापान मा आफ्नै स्टुडियो निर्माण मा जुटिरहेको बाग्लुङ कालिका म्युजिक प्रा लि ले जानकारी दिएको छ। अब का दिन मा अझै राम्रो काम गर्दै दर्शक श्रोता हरु लाई  सबै काम हरु डिजिटल प्रबिधि र HD क्यालेटी मार्फत काम दिने जानकरी दिनु भयो।।

Monday, February 15, 2016

कँडेल को सांगेतिक यात्रा।

सब प्रथम त मलाई यो धर्तिमा जन्माउने मेरो भगवान मेरो माता पिता लाई सम्झन चाहान्छु मेरो माता पिता हुनुहुन्थ्यो मेरो यो धर्ती मा जन्म भयो जब २०४७ पैञ्यु थन्थाप ८ बाग्लुङ मा मेरो जन्म भयो तब मेरा दुख संगै संघर्ष का दिन हरु सुरु भए जब जान्ने बुझ्ने भएँ स्कुले दिन हरु सुरु भए क्रमश समय संगै उमेर पनि बढ्बै गयो बिहान बेलुका उकालो ओरालो दाउरा घास गोठ भकारो गर्दै आफ्नो पढाइ लाई निरन्तरता दिदै आएको थिए पढ्न को लागि स्कुल त जान्थे तर पनि स्कुल को कक्षा कोठा मा पढाइ भन्दा घर को काम को योजना बनाउने गर्थे गाउले जीवन थियो काम नगरी खान कस्लाई कहाँ पुग्थ्यो र बाल्यकाल को दिन सम्झदा अझै पनि आँसु आउँछ एउटै भाडो को खाना खाएर स्कुल जाने कोसैको खुट्टा मा जुता हुन्थे तर मेरो खुटा मा चप्पल पनि नभई खाली खुट्टा पनि स्कुल जान्थे अरुले लक्स साबुन ले नुहाउथे तर मलाई कपड़ा धुने साबुन पनि पुग्दैन्थ्यो किन कि मेरो बाबा को पेन्सेन थिएन न आमा को जागिर अरुको कामाई भनेको तेस्तै हो परेको सबैले बुझेको हुन्छ अरुले आमा स्थनपान गर्ने उमेर मा मैले १२ बर्ष को उमेर बाट घर मा हलो समातेको थिएं चाहाना त मेरो सानै देखि गीत संगीत क्षेत्र मा थियो बिडम्बना हलो मास्टर हुन पुगे सपन मनमा अनगिन्ती थिए सपना केबल सपना मै सिमित राखी आफ्नो संगीत क्षेत्र को सपना अनि आफ्नो पढाई लाई बिट मार्दै १५ बर्ष को उमेर मा मुग्लान तिर मित्र राष्ट्र भारत प्रवेश गरेँ त्यो मेरो रहर थिएन बाध्यता थियो भारत को हैद्रवाद मा करिब ६ महिना को बसाई पछि पुन नेपाल फर्के त्यो बेला मा पनि दुई चार जाना संग सांगेतिक यात्रा को लागि सहयोग मागे तर कोसैले गनेन गाउले पखे नै ठान्दो रहेछ्न त्यो समय पनि आफ्नो सपना लाई साकार पार्न नसकी खाडी जाने निर्णय गरे पासपोर्ट बनाए तेसै गरि कतार को लागि पासपोर्ट लगाए कतार जानको लागि दिल्ली मा गएर करिब ६ महिना जस्तो कुर्नु पर्यो तेस पछि खाडी मुलुक कतार पुगें तेसै गरि कतार को तातो घाम संगै मेरो संघर्ष दिन हरु सुरु भए म कतार मा १४,१५ बर्ष को उमेर मै पुगेको थिर तर हाम्रो नेपाल म १६ बर्ष नपुगी नागरिकता त मिल्दैन तर पनि गरिबी को कारण ले उमेर बढाउन बाध्य भएँ उमेर बढाई १८ बर्ष को बनाएको थिए बिडम्बना दुखी लाई सुख कहि गएर मिल्दैन म कतार ड्राईभर भिसा मा गएको थिए दुख र बिर्सब नसक्ने पल कतार मा १९ बर्ष नपुगेका लाई ड्राइभर गर्ने नपाईने रैछ ड्राइभ स्कुल पुगे जब थाहा भयो तेहा का अराबी ले भन्न थाले त बाबा संग घुम्न आको होस या नोकरी गर्न आकोहोस भन्दै भने मैले उतर दिए म गरिबता को कारण नोकरी गर्न आएको हुम भने फेरि उनिहरु बोले है तेरो त दारी जुँगा पनि आको छै हेर्दा १२ १२ को जस्तो देखिन्छ्स के डाईभर गर्लास भिनी मलाई खिल्ली उडाए म मरे जस्तो भए अन्तिम मा आएर अराबिले भन्दै थिर जा नेपाली आमा को अझै २/३ बर्ष स्तनपान गरेर आ अनि डाईभर गर्लास भन्दै भनी रहेका थिए म निराश भएर अराबिको घर तिर भर्के समय बित्तै गयो छिटो दारी जुँगा आए पनि डाईभर लाईसन लिन पाउथे भन्दै दिन दिनै बिलेड लाउन सुरु गरे तर पनि दारी जुँगा आएनन समय बित्तै गयो एक बर्ष पनि बित्यो १९ बर्ष को भए अनि ड्राइभर स्कुल मा भरना पनि लियो र ६ महिना पछि लाईसन पनि निकालन सफल भए समय संगै दिन हरु बितिरहेका थिए कतार नै बाट आफ्नो शब्द संगीत मा गीत निकालु पर्यो भनी सोछे कास सवै ठग भन्दा निस्वार्थ भावाना को मान्छे भेट्न सकिन तेसै गरि नेपाल फिर्ने समय पनि आयो नेपाल आए यश पाली जसेरीनी गीत गर्नु छ भनी सोचे तर पनि अनुकुल मिलेन पुन कतार नै फर्के कतार पुगे पछि आफ्नो नोकरी लाई निरन्तरता दिदै थिएँ बिडम्बना आर्को बज्रपात पर्यो मेरो जिन्दगी मा गर्को १ महिना २७ दिन भएको थियो मैले चलाउने कार दुर्घटना मा पर्यो कास म बाँच्न सफल भए तर मलाई केही भएन तेति बेला थाहा भयो बल्ल भगवान रहेछ्न भन्ने कार को एका पट्टी को सबै भताभिङ हुदा पनि मलाई केही भएन तर दुख को कुरा साहुले भोलि पल्ट नै नेपाल को टिकत हात्मा राखिदियो मन निरास गराउदै नेपाल फर्के तर त्यो बेला संगीत मा मेरो मन मरिसकेको थियो अनि सानो कारोवार सुरु गरे तर त्यो बाट नि कास्सै उपती भएन र पुन बिदेश जाने योजना बनाए तेसैगरी आब माल्दिभ जाने योजना बनाए र माल्दिभ को लागि पासपोर्ट लगाए बिदेश जाने दुख गर्ने कर्म भएका लाई यस्तो हुन्छ ३ दिन मै भिसा निक्ल्यो तेसै गरि भारत को चेन्नै हुँदै माल्दिभ पुगे तर यहाँ नोकरी पनि सहि छ राम्रो छ तर एउटै कुरा को डर कति खेर समुन्द्र उर्ल्ले र आएर सबै धोस्त बनाउने हो यस्को डर ले रात मा पनि निन्द्रा लाग्दैन समय बिइतै गयो छुट्टी पनि जाने समय भयो छुट्टी पनि गएँ र बिहे पनि गर्यो सिर्मती पनि संगीत प्रेमी अनि स्वर क धनी भएको कारण फेरि पनि संगीत मा रम्ने चाहाना आयो मेरो संगै मेरो सिर्मती को पनि गीत गाउने धोका सनै बाट भएको हुदा सिर्मती संगै सांगेतिक यात्रा मा लाउने चाहाना पूरा गर्न कै लागि धन पैसा जुटाउन पुन माल्दिभ नै फर्के म र मेरो फेस्बुक बाटै सम्पर्क भएर मेरो शब्द मेरो पहिलो एल्बम " फुल टिप्दा डाली भाँचेको गीत पुष्कल शर्मा को लय र पुष्कल शर्मा र मेरो सिर्मती सीता कँडेल को स्वर मा एउटा एल्बम बजार मा लेउन सफल भए र त्यो गीत अत्यधिक सफल्ता पाएको कारण म दर्सक सामु चिनिन सफल भएँ यसै त म करिब ५ बर्ष पहिला देखैनै हल्का साहित्य क्षेत्र मा पनि चिनिएको अझै चिनिन मद्दत गर्यो त्यो गीत ले अनि धेरै दर्सक को प्रतिक्रिया आउन थाल्यो अब नेपाल फर्की आफ्नै कम्पनी खोली राम्रो गरेर बसे हुन्छ किन बिदेश नै किन जानू पर्यो भन्दै प्रतिकृया आयो नेपाल बाट नअनि सिर्मती ले आफ्नै कम्पनी भयो।भने अगाडि बड्न सजिलो हुन्छ एउटा कम्पनी त म पनि चलाउन सक्छु भन्ने आँट गरिन सिर्मतिले र सबै साथी हरुले साथ दिएको कारण आज म यो स्थान मा पुग्न सफल भएँ।